दफा
समिति स्वशासित संस्था हुने
(१) समिति अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । (२) समितिको काम कारवाहीको निमित्त आफ्नो एउटा छुटै छाप हुनेछ । (३) समितिले व्यक्ति सरह चल–अचल संपत्ति प्राप्त गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ । (४) समितिले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र समिति उपर पनि सोहीनामबाट नालिस उजूर लाग्न सक्नेछ ।